ललितपुर–साउन ६ । ठेकेदार कम्पनीको लापरबाहीका कारण रिङरोड बालकुमारी खरिबोट–इमाडोल सडकखण्ड पिच सुक्न नपाउँदै भत्किएको छ ।
ललितपुर उपमहानगरको बजेट अन्तर्गत ‘पूर्णचण्डी निर्माण सेवा’ ढेकेदार कम्पनीले साढे दुई लाख रुपैयाँमा निर्माण गरेको सडक भत्किएपछि लापरबाही बाहिर आएको हो । ९० मिटर सडक खण्ड असार २९ मा कालोपत्रे भएपनि बजेट फ्रिज हुनै लाग्दा कमसल सामानको प्रयोग भएको रहस्य बाहिर आएको छ ।
यता ढेकेदार पक्ष भने उपमहानगरपालिकको वातावरण शाखा र खण्डा गार्मेन्टमा आउने हेभी गाडीको आवतजावतलाई कारण देखाएर दोषमुक्त हुन खोजिरहेको छ । ललितपुर उपमहानगरले अवलोकनका क्रममा ठेकेदार कम्पनीको लापरबाही गरेको भेटिएमा कानुनी कारबाही गर्ने जनाएको छ ।
निर्माण भएको सडक सम्झौता मापदण्ड अनुसार समेत नभएको गुनासो स्थानीयको छ ।