सप्तकोसीमा पानीको बहाव उच्च, २५ ढोका खोलिए

सुनसरी–साउन ६ । पूर्वी पहाडी क्षेत्रमा जारी रहेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च देखिएपछि २५ वटा ढोका खोलिएका छन् ।
koshi-pul1-कोसी ब्यारेजमा १ लाख ८३ हजार ६३० क्यूसेक प्रतिसेकेण्डबाट क्रमश बाढीको बहाव बढ्न थालेपछि ब्यारेजका ५६ मध्य २५ वटा ढोका खोलिएको कन्ट्रोल रुमले जनाएको छ । पहाडी क्षेत्रमा जारी रहेको वर्षाका कारण बहाव अझ बढ्न सक्ने भएपछि उच्च सतर्कता अपनाइएको सुनसरीका प्रहरी प्रमुख पोषराज पोख्रेलले बताउनुभएको छ ।

गत साउन १ गते यो वर्षकै सबैभन्दा बढी २ लाख ३५ हजार क्यूसेक प्रतिसेकेण्ड बाढीको बहाव देखिएपछि ब्यारेजका ५६ ढोकामध्ये ३५ ढोका खोलिएको थियो ।

तपाईको प्रतिक्रिया