२ प्रहरी पक्राउ, वैदेशिक रोजगार दललसँग मिलेमतोको आशंका

काठमाडौं–साउन ६ । मुद्दा मिलाइदिने आश्वसन दिएर पैसा असुलेको अभियोगमा २ जान प्रहरी पक्राउ परेका छन् ।

pakrau-final13-300x253पक्राउ पर्नेमा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत सई निर्मल ज्ञवाली र जवान सन्तोष खड्का रहेको बताइएको छ । अभियुक्त द्धयले वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने दलालसँग मिलेर काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको दाबी परिसर श्रोतको छ ।

अहिले परिसरको हिरासतमा राखिएका प्रहरी अधिकारी उपर आवश्यक अनुसन्धान गर्न समिति गठन गरेर काम अघि बढाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया