काठमाडौं–साउन ६ । व्यवस्थापिका संसदको बैठक शुक्रबार २ बजेसम्मका लागि स्थगित भएको छ ।
बजेट विधेयक पहिला कि अविश्वास प्रस्ताव भन्ने विषयमा सत्तारुढ र विपक्षी दलबीच विवाद बढेपछि बैठक सूचना टासेर स्थगित गरिएको हो । बिहान ११ बजे बोलाइएको बैठक दलीय सहमति खोज्न भन्दै २ बजे सारिएको थियो । एमाले सहित सत्तापक्ष पहिले बजेट विधेयकमा छलफल गर्ने अडानमा छन् । यस्तै, कांग्रेस र माओवादीले सुरुमा अविश्वास प्रस्तावको टुङ्गो लगाउनुपर्ने अडानमा राख्दै आएका छन् ।
शुक्रबार पनि संसद बैठक बस्नुपुर्व अर्थात १ बजे नेताहरुको बैठक बसेर सहमती खोज्ने बताइएको छ । नेताहरुले एक दिनको समयलाई सदुपयोग गर्ने भन्दै प्याकेजमा सहमति खोज्ने बताएका छन् ।