फेस नेपाल डान्सिङ अवार्डमा आवेदन भर्ने कि ?

काठमाडौं–साउन । फेस नेपाल मिडिया प्रालिले राष्ट्रव्यापी रुपमा एकल फेस नेपाल डान्सिङ अवार्ड–२०१६ आयोजना गर्ने भएको छ । काठमाडौंका फेस नेपाल मिडिया प्रालीले पत्रकार सम्मेलन गरी डान्सिङ अवार्ड आयोजना गर्न लागेको जानकारी दिएको हो ।
dansing awardनेपाली कला साहित्य र संगीतको संरक्षण र प्रबर्धन गर्ने उद्देश्यले स्थापित फेस नेपाल मिडियाले पहिलो पटक डान्सिङ अवार्ड गर्ने भएको हो । संस्थाले आफ्नो बार्षिक उत्सबको अवसर पारेर अवार्ड कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । साथै अन्य विधाहरुसमेत समेटी कला, साहित्य र संगीत क्षेत्रमा नयाँ आयम थप्ने प्रयासको थालनी गर्न लागेको संस्थाको दाबी छ ।
पहिलो डान्सिङ अवार्ड कार्यक्रमलाई राष्ट्रिय टेलिभिजन च्यानलबाट प्रत्यक्ष प्रसाण समेत गरिने दाबी आयोजकको छ । डान्सिङ अवार्डमा भाग लिनका लागि संस्थाले आवेदन फारम खुलाइसकेको छ । जसका लागि माछापुछ्रे बैंकको देशभरका ६५ वटा शाखाबाट फारम भर्ने व्यवस्था मिलाएको छ । सहभागिता जनाउनेहरुले माछापुछ्रे बैंकको खाता नं. १६०१५२४३६२९५७०१२ मा रु १ हजारको भौचर भर्नुपर्नेछ । भौचर भर्ने अन्तिम मिति साउन २५ गतेसम्म तोकिएको छ ।

डान्सिङको अडिसन भदौ १ गते बाट शुरु हुने र अडिसन पुर्वाञ्चलको विर्तामोड, धनकुटा, इटहरी, वीरगन्जमा हुने बताइएको छ । यस्तै, पश्चिमाञ्चल अन्तर्गत–नारायणगढ, बुटवल, पाल्पा, बेनी, पोखरा, गोर्खा र मध्यपश्चिमाञ्चलका– दाङ, सुर्खेत, नेपालगञ्जमा अडिसन हुने गरि स्थान तय गरिएको छ । सुदूरपश्चिमाञ्चलका प्रतियोगिलाई लक्षित गरी महेन्द्र नगरमा अडिसन गरिनेछ । मध्यमाञ्चलका –हेटौडा धादिङ र काठमाडौंबाट प्रतियोगी छनोट गरिने तथा अन्त्यमा देशभरीबाट छनोट भएका प्रतियोगीहरुलाई काठमाडौंमा भव्य कार्यक्रमका बीच अवार्ड प्रदान गरिने तयारी आयोजकको छ ।
डान्सिङ अवार्डमा सहभागी भई प्रथम स्थान हासिल गर्नेले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ भने द्वितीय र तृतीय हुनेले क्रमशः ५०–५० हजार नगद रासीसहित विभिन्न गिफ्टह्याम्पर प्राप्त गर्नेछन् । कार्यक्रमबाट संकलित रकमबाट संस्थाले वृद्धाश्रम निर्माणको योजना समेत अघि सारेको छ । पहिलो चरणमा चितवनको सौराहामा बृद्धाश्रम बनाउने आयोजनकको योजना छ । त्यसपछि हरेक वर्ष कार्यक्रम गरी संकलित रकमबाट यस्तै सामाजिक कार्यमा लगानी गर्ने उद्देश्य यो संस्थाको छ । आगामी पाँच वर्षभित्र देशका ७५ वटै जिल्लामा सुविधासम्पन्न तथा व्यवस्थित वृद्धाश्रम निर्माण गर्ने दाबी फेस नेपाल मिडिया प्रालिको रहेको छ ।

तपाईको प्रतिक्रिया