त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना अलपत्र

रसुवा–साउन । निर्माणको अन्तिम चरणमा भूकम्पले क्षति पुर्‍याएपछि अन्योलमा परेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना अन्यौल भएको छ । निर्माण सक्नुपर्ने म्याद सकिएपछि बहुविवादित बन्दै आएको ६० मेगावाट क्षमताको यो आयोजना अलपत्र पर्ने भएको हो ।

Trishuli_3_Aनिर्माणको जिम्मा लिएको चाइना गेजुवा गु्रप अफ कम्पनी सीजीजीसीले सम्झौताअनुसार काम पूरा गर्ने लक्ष्य राखेपनि भूकम्पपछि काम रोकिएको थियो । सन् २०१६ जुन ३० तारिख अर्थात २०७३ असार १६ बाट विद्युत उत्पादन सुरु गर्नुपर्ने सम्झौता भएपनि माथिल्लो त्रिशूली थ्री ए को निर्माण कार्य अहिलेसम्म पुरा भएको छैन । सुरुङ भित्रै संरचना निर्माण गरी नुवाकोटको मनकामनास्थित फालेटारमा बाँध बाधेर सिम्लेमा विद्युतगृह बनाउने योजना अनुसार अघि बढेको काम भूकम्पले ड्याम पुग्ने सडकमा क्षति पुर्‍याएपछि अकस्मात रोकिएको थियो । उत्पादन गृह सिम्लेबाट बाँधस्थलसम्म पुग्ने पाँच किलोमिटर सडक मार्ग सुचारु नहुदाँ १० अर्ब भन्दा बढी लगानीको यो आयोजना अलपत्र परेको छ । पहुँचमार्गसँगै मुख्य समस्या ड्यामको दायाँतर्फको पहिरो र सुरुङ मार्गको प्रवेश बिन्दुमा आएको पहिरोले आयोजना निर्माण रोकेको बताइएको छ ।

आयोजना प्रमुख फणिन्द्रराज जोशीले आयोजनाका लागि आवश्यक सडक मार्ग सञ्चालन गर्न सरकारले बेवास्ता गरेका कारण समस्या बढेको आरोप लगाउनुभएको छ । भूकम्पपछि  ठेकेदार पक्ष निर्माणमा नफर्कदा र सडक मार्ग सुचारु नहुदा माथिल्लो त्रिशूली थ्रि ए अहिले अलपत्र जस्तै बनेको छ । थ्रि ए निर्माण गरी त्यसको पानी बाध बाँधेर ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रि बी र ६५ मेगवाट क्षमताको मध्ये त्रिशूली गंगा जलविद्युत आयोजना निर्माण गर्ने तयारी भएपनि मूख्य आयोजनाको अन्यौलताले यी आयोजना समेत रोकिएका छन् । भूकम्पले माथिल्लो त्रिशुली थ्रि ए आयोजनाको चारहजार ७६ मिटर लम्बाईको सुरुङ, निर्माण सामाग्रीका साथै आयोजना निर्माणमा प्रयोग भएका सवारी साधनमा क्षती पुऱ्याएको थियो । क्षतीको मुल्याङ्कन समयमै नभएका कारण पनि समस्या देखिएको माथिल्लो त्रिशूली थ्रि ‘ए’ का आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताउनुभयो ।

सन् २०११ को जुनबाट काम सुरु भएको ६० मेगावाट क्षमताको आयोजना २०१४ को मे महिना र पछि २६ महिना म्याद थप गरी सन् २०१६ जुन ३० मा सम्पन्न गर्नेगरि चीनको चाइना गेजुवा गु्रप अफ कम्पनीले ठेक्कामा लिएको थियो । करिब आठ करोड ९१ लाख अमेरिकी डलरमा निर्माण काम सुरु भएको आयोजना समयमै पुरा हुन नसक्दा यसका सहायक मानिएका थ्रि बी र मध्येत्रिशूली गंगा जलविद्युत् आयोजनाको निर्माण काय अलपत्र परेको छ । तीन वर्षभित्र नेपाललाई लोडसेडिङ्गमुक्त गर्ने सरकारी लक्ष्य यसरी ठूला आयोजना अलपत्र पर्दै जानेहो भने फेरी पनि नारामै सिमित हुने निश्चित छ ।

 

Published On:  584पटक हेरिएको

तपाईको प्रतिक्रिया