सप्तरी–साउन । सप्तरीको राजविराजस्थित अतिथि गृह संरक्षण अभावमा लथालिङ्ग बनेको छ ।
कुनै बेला चारैतिर फूलको बगैंचा, सजिएका कोठाहरू तथा नियमित सरसफाइले चिटिक्क हुने गरेको अतिथी गृह अहिले संरक्षण र व्यवस्थापनको अभावमा कुरुप बनेको छ । तीनदशक अघि स्थापित अतिथि गृह अहिले कवाडीखाना जस्तै बनेको छ । अतिथि गृहमा नगरपालिकाका काम नलाग्ने कागजपत्र, फाइल, कुर्सी, टेबल, फर्निचर छरपस्ट अवस्थामा राखिएका छन् । ८ कोठे भवन पुरानो र जीर्ण भएर भत्किन थालेको छ ।
भर्खरै मात्र स्थानीयले ऐतिहासिक गृहको स्वरुप बिगारेर कवाडीखाना र ग्यारेज बनाउन लागेको भन्दै पुनरावेदन अदालत राजविराजमा उत्प्रेषणयुक्त परमादेशको रिट दायर गरेका छन् ।