डा. केसीलाई अनशन तोड्न सभामुखको आग्रह

काठमाडौं–साउन ५ । एघार दिनदेखि आमरण अनशनमा रहनुभएका डा.गोविन्द केसीलाई सभामुख ओनसरी घर्तीले भेट गर्नुभएको छ ।

dr kc sabhamukhकाठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर सभामुख घर्तीले आज डाक्टर केसीलाई भेट गर्नुभएको हो । भेटका क्रममा उहाँले माग सम्बोधनका लागि आफूले सहयोग गर्ने आश्वासन दिनुभएको थियो । संक्रमणकालीन अवस्था भएकाले अनशन तोड्न डा. केसीलाई सभामुखको आग्रह थियो । डाक्टर केसी विभिन्न माग राखी एघार दिनदेखि अनशनमा हुनुहुन्छ ।

डाक्टर केसीले अख्तियार प्रमुख लोकमानसिह कार्कीलाई महाअभियोग लगाउनुपर्ने, विगतका सम्झौता कार्यान्वयन हुनुपर्नेलगायत माग पुरा भएमात्र अनशन तोड्ने अडान लिनुभएको छ ।

Published On:  445पटक हेरिएको

तपाईको प्रतिक्रिया