अविश्वासको प्रस्ताव पास भए सरकार स्वत: विघटन गच्छदार

काठमाडौं–साउन ५ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव पारित भए वर्तमान सरकार स्वत: विघटन हुने टिप्पणी गर्नुभएको छ ।

Bijay-Gachhadarनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवाश बुढानिलकण्ठ पुग्नुभएका गच्छदारले देउवासँगको छलफलपछि अविश्वासको प्रस्तावमा बहुमत जुटे सरकार स्वत: विघटन हुने धारणा राख्नुभएको हो । सरकार विघटन र गठनबारे दलहरूबीच आ–आफ्नै धारणा आइरहेका बेला उपप्रधानमन्त्री गच्छदारको यस्तो धारणा सार्वजनिक भएको हो । फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री गच्छदारले अहिलेको संसदीय व्यवस्था अनुसार दलहरु अघि बढ्नुपर्ने धारणा भएको भन्दै उहाँले संसदीय नियमअनुसार जानुपर्ने पनि धारणा राख्नुभएको थियो ।

सरकार गठन र विघटनका विषयमा संविधानको व्याख्या विपरीत ढंगबाट भइरहेको भन्दै उहाँले यी दुवै कोणलाई ध्यानमा राखेर निकास खोज्नुपर्ने बताउनुभएको थियो । मुलुकका विद्यमान समस्या समाधान गर्नका लागि प्रमुख तीन दलबीच सहमति अत्यावश्यक रहेको गच्छदारको जिकिर थियो ।

तपाईको प्रतिक्रिया