वास्तविक गुरु को हो ?

भावना गुरुङ, साउन

  ॐ गुरुर ब्रम्ह गुरुर विष्णु गुरु देवो महेस्वर गुरुर सक्क्षात परम ब्रम्ह तस्मै श्री गुरुबे नमः।।

  1936459_552506838245502_8140176993126884264_nधेरै जसो अषाढ शुल्क पूर्णिमा मनाइने गुरु पूर्णिमा अर्थात बेदब्यासको जन्म जयन्ती यसपालि भने श्रावण महिनाको ४ गते पर्यो । आफ्नो गुरुप्रति श्रद्धा प्रकट गर्ने पर्वको रुपमा हामी गुरु पूणिमा मनाउछौ । यस दिन हामी हामीलाई कखर सिकाउँदा देखि अहिलेसम्म हाम्रो भविष्यलाई उज्यालो तर्फ डोर्याउने शिक्षक शिक्षीकाप्रति भक्ति भावपूर्ण श्रद्धा प्रकट गर्दै गुरुका रुपमा पुज्ने गर्छौ । विभिन्न स्कुल कलेजहरुमा आ–आफ्नो शिक्षकहरुलाई मानसम्मानका साथ लड्डु खुवाने, उपहार दिने तथा पुजा गर्ने र उहाँहरुको हातबाट टीका थाप्ने चलन वर्षौं देखि चलिआएको छ । हिन्दु धर्मावलम्बीहरुले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचियता जन्मिएको दिनको सम्झनामा यो दिवस मनाउने गरेको पाइन्छ । द्धापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूर्णिमा अर्थात त्यसै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रुपमा व्यासको जन्म भएको इतिहास हामी पढ्न र सुन्न पाउँछौं ।

संस्कृत भाषमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्ने भन्ने हुन्छ । आफ्ना शिष्यलाई उनीहरुमा रहेको अन्धकाररुपी अज्ञान हटाउन आत्मिय ज्ञानको शिक्षा प्रदान गर्ने गुरुलाई हामी गुरु मान्दछौं । ती गुरु गुरु हुन जसले हाम्रो मनभित्र भएको अन्धकाररुपी माया मोहलाई नाश गरेर हामीलाई आत्मा र परमात्मासँग साक्षातकार गर्न सिकाउँछन् । तर के हामीले यार्थथमौ साँचो गुरुलाई पुजीरहेका छौं त ?? यो आजको दुविधपूर्ण प्रश्न बनेर हाम्रो अगडि उभिएको छ । आजा हामीले गुरु र शिक्षक बीचको फरक छुट्याने बेला आएको छ । शिक्षकले जिवनलाई उज्यालो तर्फको बाटो देखाई दिने काम आवश्य गर्न सक्छ तर के जिन्दगी के हो र यसलाई कसरी ज्यूने भन्ने कुरा सिकाउन सक्छन् त ? यो कुरा सहि हो हामीलाई जीवनमा हर कामकुरा गर्नको निम्ति गुरुको आवश्यकता पर्छ । जन्मेर हुर्किदाको समयमा हामीलाई बोल्न, हिडढुल गर्न देखिको हर कुरामा हाम्रा आफ्नै आमाले गुरुको रुपमा महत्वपुर्ण भुमिका खेलेका हुन्छन् । त्यस पछिको अर्को गुरुको रुपमा हाम्रो आफ्नो परिवार, साथीभाई, समाज लगायतका धेरै ठाउँबाट हामी हर समय हर क्षण नयाँ कुराको ज्ञान लिइरहेका हुन्छौं अनि के हामी हामीलाई जन्मे देखि मृत्यु परन्त भौतिक र बौद्धिक रुपमा नयाँ कुरा सिकाउने सम्पूर्णलाई गुरु मान्न सक्छौ त ?
परमात्माभन्दा पनि माथि गुरुलाई राख्ने आफ्नै कारणहरु छन् । परमात्मा र मनुष्यकको बीचमा ठूलो दुरी छ । हाम्रो लौकिक भाषा दुख र विषाद्को भाषा हो । यो भाषा निराकार परमात्मालाई बुझाउन मनुष्य असमर्थ छ किनभने परमात्मा निरपेक्ष शान्तिमा डुबेको छ, निश्चल र निर्विकार छ । हामी सापेक्ष कुरा गर्छौं स–सानो कुराले दखी हुन्छौ, स–सानो भावबाट नै प्रभावित हुन्छौं । मनुष्य र परमात्माबीचको कडी गुरु हो । गुरुले हाम्रो कुरा पनि बुझ्छ, र परमात्माको अनन्त तेजलाई हाम्रो पात्रताअनुरुप हामीलाई दिन सक्छ । गुरुको माध्यमबाट मात्र परमात्मासँग संवात हुन सक्छ । वासना, कामाना, तृष्णाबाट ग्रसित शिष्यका भावहरु अचिन्त्य परमात्मालाई बुझाउन आत्मा प्रकाशित गुरुले मात्र सक्छ कुनै सामान्य ज्ञानीले सक्दैन । सामान्य ज्ञानी र अज्ञानीको बीचमा गुणात्मक होइन, संख्यात्मक भेद हुन्छ । ज्ञानीसंग ज्ञान अलिक बढी हुन्छ, सुचना, जानकारी बढी हुन्छ र इतिहास जान्ने स्मृतिको संग्रह हुन्छ भने अज्ञानीसंग अलिक कम होला । यो फरक गुणात्मक होइन संख्यात्मक हो । गुरु शिष्याको बीचमा जुन भेद हुन्छ त्यो विल्कुल गुणात्मक हुन्छ । गुरुमा ज्ञान, सुचना र संग्रह हामीमा भन्दा पनि कम हुन सक्छ तर गुरु आफैमा हामीभन्द बढी हुन्छ । ऊ हुनु नै आफैमा ठुलो कुरा हो । गुरु उसको ज्ञानले होइन चेतनाको स्थितिले हो । गुरुसंग हुने चेतना र बोध हाम्रो भन्द विशाल र बृहत हुन्छ । यही नै वास्तवीक गुरुको विशेषता हो ।
भागवत गीतामाः साँचो रुपमा ज्ञान प्रदान गर्न सक्ने, सही ज्ञानको अर्थ थाहा भएको र जो त्यसमै जीवन विताउने क्षमतावान हुन्छ र जो रिसराग लोेभ मोह भन्दा धेरै पर हुन्छ रत्तिभर घमण्ड नराख्ने, जसलाई भगवान सबै कारक हुन् र हामी कारण मात्र हौं भन्ने कुराको ज्ञान हुन्छ, उही वास्तवमा सच्च गुरु हुन् भनि साँचो गुरुको अर्थ दिइएको छ त्यसैले गुरुबिना न त आत्मीक ज्ञान हुनसक्छ न त आत्मासाक्षातकार नै ।
शिष्यहरुले गुरुको स्मरण र परमात्माको स्मरण एउटै मान्दछन् । त्यो सही पनि हो । जसले ब्रह्मलाई जान्यो त्यो ब्रह्ममय हुन्छ, जसले परमात्माको साक्षतकार गरिसकेको हुन्छ जो पूर्ण सम्बुद्ध छ । त्यही व्यक्तिमात्र गुरु हुने अधिकारी हो । सामान्य ज्ञानीलाई गुरु भन्नु एक भूल मात्र हुन आउँछ । यसको अर्थ हामीलाई नयाँ ज्ञानगुनका कुरा सिकाउने, आफ्नो बाटोमा अविचलित भई हिड्न सिकाउने जो कोहीलाई अनाधर गनुपर्छ भन्ने कदापी होइन । तर गुरु पुर्णिमाकै दिन सबैलाइ गुरु मान्नु भने पक्कै ती वास्तवीक गुरुहरुलाई गुरु नमान्नु हो । गुरु उसलाई भनिन्छ जो स्वअनुभूतिद्धारा पूर्ण प्रकाशित छ ।
जसले परमात्मा साक्षतकार गरिसकेको छैन उसले अरुलाई राम्रोसंग बुझ्नै सकिदैन । र जबसम्म सापेक्ष दृष्टिकोण छ तबसम्म हामी पूर्ण सत्यको साक्षात्कार गर्न सक्दैनौ । परमात्मा साक्षात्कार भईसकेको व्यक्तिको दृष्टि निरपेक्ष हुन्छ । उसले निरपेक्ष सत्य बुझ्न सक्छ र सत्यको सबै आयमलाई पूर्ण दृष्टिले देख्न सक्छ । वास्तविक अर्थमा यस्तो व्यक्तिमात्र गुरु हुन सक्छ । संसारमा त्यही व्यक्ति पसमात्माको सच्चा प्रतितिधि हो । उसले शिष्यको लौकिक, परालौकिक, आध्यात्मिक तीनै समस्य बुझ्न सक्छन् । हामीलाई यस्तो गुरु चाहिन्छ जसले यो अन्धकारको बाटो अघिनै हिडिसकेको होस, हामी जस्तै दुखमा बसी सकेको होस्, हामीले जस्तै भूलहरु ग्रिसकेको होस् र जसले हाम्रो भाषा बुझ्न सक्छ र हामीलाई त्यही अन्धकारबाट बचाउन सक्छ । त्यसैले आधा मनुष्य जस्तो र आधा परमात्मा जस्तै हुन्छ ।
गुरु र शिष्यबीचको सम्बन्ध सामान्य सम्बन्ध होइन । सामान्यतया हामी वासनाको सम्बन्ध जसमा प्रेम नगन्य हुन्छ र वासनाले नै समबन्धलाई डोर्याई रहेको हुन्छ, अनि संसारमा देखिने सम्बन्ध पनि यही हो । अर्को प्रेमकको सम्बन्ध जसमा आधा कामाना हुन्छ र आधा प्रेम सगंसंगै आधा दैवी गुण र आधा मानवीय कमजोरी हुन्छ यसैले प्रेम सुन्दर र माधुर्यमय हुन्छ साथै प्रेममा अति तृप्ति हुन्छ त्यसैले पनि हामीलाई प्रेम भन्दा अरु ठूलो घटना जीवनमा केही हुदैन जस्तो लाग्छ । अर्को अन्तिम सम्बन्ध भनेको श्रद्धाको हो । जसमा गरु जस्तै निर्विकार, निष्कल्प र शुद्ध बन्ने कामना सहित मुक्तिको, मोक्षको र मोक्षतीतको कामना गरिन्छ ।
गहिरो प्रेम क्षणिक हुदैन र दुईचार वन्मको भावनात्मक सम्बन्ध नभईकन गहिरो प्रेम हुनसक्दैन । झनै श्रद्धा त्यो भन्दा पनि निकै ठूलो र गहन सम्बन्ध हो । जन्मजन्मान्तरको प्रेममय सम्बन्ध पछि मात्र हामीमा कसैप्रति श्रद्धा जन्मिन्छ जुन एक गुरु र शिष्यबीच कायम भएको हुन्छ । आँखा नै नभएको शिष्यलाई गुरुले त्यस्तो दिव्य प्रकाश दिन्छ जुन प्रकाशले शिष्यको हर प्यास मेटाउन सफल होइन्छ र त्यो प्रकाश लिन शिष्य तयार भएपछि मात्र गुरुले आफूस्वयम प्रकट भई त्यसको बाटो देखाइदिनु हुन्छ । जसरी सूर्यको प्रकाश परवर्तन गरेर चन्द्रमाले कालो रातलाई उज्यालो बनाउँछ त्यसरी नै सच्च गुरुको ज्ञान लिएका शिष्यहरुले संसारलाई नै उज्यालो पार्ने काम गर्दछ ।
हुन त हामी आफ्नो देश परम्परा संस्कृति अनुसार आफ्नै तरिकाले गुरु पुर्णिमा मान्छौ ।.जसरी जस्लाई गुरु माने तापनि कुन गुरु हाम्रो सच्च गुरु हो त्यो पहिचान गर्नमा हामी चुकिने छैनौ र गुरुप्रति असीम प्रेम, श्रद्धा र समादर प्रकट गर्ने यो पूर्णिमा एक अनुपम पर्वको रुपमा मनाउँदै हामी आफ्नो वास्तविक गुरुलाई मन देखि नमन गर्दै त्यो दिनको स्थान दिनेछौं ।

Published On:  1663पटक हेरिएको

तपाईको प्रतिक्रिया