साउन ४ । आज आषाढ शुक्ल पूर्णिमा । अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा दिने गुरूप्रति श्रद्धाभाव प्रकट गरेर यो पर्व मनाइँदै छ । हिन्दु वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै गुरु पूर्णिमा मनाउदै आइएको छ ।
वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको विश्वास रहँदै आएको छ ।
संस्कृत शव्द अनुसार गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ँगिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो ।