रौतहट–साउन । रौतहटस्थित लालबकैया नदीमा पुल नहुँदा सर्वसाधारण वर्षायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
गौर नगरालिकाको पश्चिम क्षेत्र भएर बग्ने लालबकैयामा पुल नहुँदा रौतहटका दक्षिण पश्चिम क्षेत्रका बासिन्दाले वर्षायाममा सास्ती बेहोर्दै आएका छन् । गौरसँगै जोडिएको बन्जराहा, औरया, जोकाहा, डुमरिया परोहालगायत गाविसका बासिन्दा वर्षायाममा भारतीय भूमि प्रयोग गर्दै सदरमुकाम जानुपर्ने बाध्यतामा छन् । लालबकैया नदी भएर जाँदा जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्ने भएपनि घुमाउरो बाटो प्रयोग गर्नुपरेको स्थानीयको गुनासो छ ।
बकैयापारी खेतबारीमा काम गर्ने किसान र गौरमा अध्ययन गर्न आउने विद्यार्थी जोखिम मोलेर डुंगाको सहारामा आवतजावत गर्न बाध्य छन् ।