संघीय गठबन्धनले सुरु गऱ्यो आन्दोलनको नयाँ चरण

काठमाडौं–साउन ३ । संविधानप्रति असन्तुष्टि राख्दै आन्दोलनमा रहेको संघीय गठबन्धनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

फाइल फोटो
फाइल फोटो

संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा सोमबार बसेको गठबन्धनको बैठकले दुई महिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । साउन ५ गतेदेखि भदौ २८ गतेसम्म मुलुकका विभिन्न १० स्थानमा बृहत् अन्तरक्रिया गर्ने कार्यतालिका आन्दोलन अन्तर्गत छ । अन्तक्र्रियाको सुरुवात साउन ५ गते काठमाडौंबाट हुने र समापन भदौं २८ गते विराटनगरबाट हुँने बताइएको छ । गठबन्धनले आन्दोलनप्रति ओली सरकार गैरजिम्मेवार भएको आरोप लगाउँदै सरकारविरुद्धको अविश्वास प्रस्तावको पक्षमा रहने निर्णय गरेको छ । आफ्ना माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने अडान गठबन्धन घटकको छ ।

खुलामञ्चको रिले अनशनले गठबन्धनका मागलाई अन्तर्राष्ट्रियकरण गरेको ठहर गर्दै ओली सरकार पतन गर्न समेत गठबन्धनको आन्दोलन महत्वपुर्ण भएको निष्कर्ष बैठकले निकालेको छ ।

तपाईको प्रतिक्रिया