विकासमा ढिलासुस्ती– बजेट फिर्ता

जाजरकोट–साउन ३ । जाजरकोट, तनहुँलगायत विभिन्न जिल्लाका सरकारी कार्यालयबाट चालू आर्थिक वर्ष ७२/७३ को करोडौं रकमको विकास बजेट फिर्ता भएको छ ।

artha-mantralayaजाजरकोटमा मात्रै ७२/७३ मा २५ करोड विकास बजेट फिर्ता भएको छ । चालू खर्च र पुँजिगत खर्चतर्फको बजेट समयमा विकास निर्माण योजना तथा कार्यक्रम सम्पन्न गर्न नसक्दा फिर्ता गएको हो । जाजरकोटको चालू आर्थिक वर्षको २ अर्व ८ करोड ५ लाख २३ हजारमध्ये एक अर्ब ९८ करोड १ लाख २३ हजार खर्च भएको छ भने १० करोड २ लाख ७२ हजार  फिर्ता भएको छ । त्यसैगरी, पुँजिगत तर्फको ७७ करोड २९ लाखमा ६२ करोड ३ लाख ७१ हजारखर्च भएको छ भने १५ करोड २५ लाख २९ हजार फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक यामबहादुर बुढाले बताउनुभयो ।

यसैगरी, तनहुँमा आर्थिक वर्ष ७२/७३ को कुल बजेटमध्ये ३७ करोड १५ लाख १२ हजार रूपैयाँ फिर्ता भएको छ । गत आर्थिक वर्षका लागि ४ अर्ब ७७ करोड ६४ लाख ८७ हजार रुपैयाँमध्ये ४ अर्ब ४० करोड ४९ लाख ७५ हजार रुपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।

तपाईको प्रतिक्रिया