फेदीको पानी लेकमा

म्याग्दी–साउन ३ । म्याग्दीको बेनी नगरपालिका–डम्मरामा खानेपानी सुविधा पुर्‍याउन नदी किनारबाट डाँडामा पानी तानिएको छ ।

pani tankभूकम्पले मुहान सुकेपछि खानेपानीको अभाव भएको डम्मरामा विद्युतीय उपकरणको सहायताले पानी तान्न थालिएको हो । राष्ट्रिय पुनर्निर्माण कोषको आठ लाख ९० हजार अनुदान र स्थानीयवासीको सात लाख ७० हजार रूपैयाँको लागतमा खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयमार्फत आयोजना निर्माण भएको हो । म्याग्दी नदीको किनारमा रहेको निलढुङ्गाको मुहानबाट ९० मिटर उचाईमा रहेको दुई हजार लिटर क्षमताको ट्याङ्कीमा पानी तानिएको छ ।

म्याग्दीमा पहिलो पटक यस्तो प्रविधिको खानेपानी आयोजना निर्माण भएको सबडिभिजनका प्रमुख इञ्जिनियर शेखरचन्द्र केसीले बताउनुभएको छ । आयोजना निर्माण भएपछि डम्मराका ६९ घरधुरी लाभान्वित हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया