काठमाडौं–साउन । हिन्दू धर्मावलम्बीले साउन महिनाभरी मनाउने बोलबम पहिलो सोमबारबाट सुरु भएको छ ।
काठमाडौंको पशुपति लगायतका शिवालयमा सोमबारबाट श्रद्धालुको घुइचो लागेको छ । बोलबम कावर यात्रा सुरु भएसँगै पूर्वी नेपालका शिवालयहरूमा श्रद्धालुको घुइँचो लागेको छ । पूर्वीे नेपालको पशुपतिका रूपमा परिचित झापाको अर्जुनधारा, धरानस्थित पिण्डेश्बर बाबाधाम, खोटाङको हलेसीलगायत शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ । यस्तै, चितवन, नवलपरासी र तनहुँको संगमस्थल देउघाट तथा पाल्पा, गुल्मी, कास्कीलगायत स्थानका शिवालयमा पनि बोलबमका भक्तजनको घुइँचो लागेको छ ।
साउन महिनाको सोमबार पवित्र भई गेरु वस्त्र धारण गरी नदीबाट जल लिई शिवलाई चढाउँदा मनोकामना पूरा हुने जनविश्वासका साथ सोमबार शिवालयमा श्रद्धालु जाने गर्दछन् ।