काठमाडौं–साउन ३ । साउन महिनाको पहिलो सोमबार । हिन्दू धर्मावलम्बी महिलाहरूले भगवान शिवको पूजा आराधना गरी मनाएका छन् ।
साउनको सोमबार शिवको पूजाआराधना गर्नाले मनोकांक्षा पूरा हुने विश्वासका साथ महिलाहरूले शिवमन्दिरमा गएर पूजाआजा गर्ने गर्छन । बिहानैबाट देशभरका शिवालयमा श्रद्धालुको घुइँचो लागेको थियो । विशेषगरी महिलाहरूले हरियो रंगका वस्त्र, चुरा र मेहँदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी साउन महिनाको हरेक सोमबार ब्रत बस्ने गर्छन् ।
यो वर्ष साउनमा पाँच सोमबार परेकाले पनि व्रत, दानका लागि विशेष महत्वका रूपमा हेरिएको छ ।