तरकारीको भाउ आकासिदा उपभोक्ता मारमा

काठमाडौं –साउन । काठमाडौं उपत्यकामा तरकारीको भाउ बढ्नेक्रम अझै रोकिएको छैन । बेमौसमी मात्र होइन मौसमी तरकारीको भाउ पनि पछिल्लो एक सातामा शतप्रतिशतले बढेपछि उपभोक्ता मारमा परेका छन् ।

Tarkariएक साताको अवधिमा सबैभन्दा धेरै मुल्य हरियो खुर्सानी र गोलभेडामा बढेको छ । केहि साता अघि ५५ देखी रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरेको हरियो खुर्सानीको खुद्रा मुल्य १ सय ५० रुपैयाँ र गोलभेडा प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ । अन्य तरकारीको मुल्य पनि उस्तै महँगो छ । उपभोक्ता तरकारीमा भैरहेको मनोमानी मुल्यवृद्धीको मारमा परेका छन् भने राज्य मूल्य नियन्त्रण गर्नुको साटो मुकदर्शक देखिएको छ ।

अनुगमन र मूल्य नियमनको जिम्मेवारी लिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले केहि समय अघि बजार अनुगमन गर्नजाादा उल्टै तरकारी व्यवसायीहरुको दुव्र्यवहार खेपेर फर्केका थिए । विभागले अराजक बन्दै गएको बजार नियन्त्रणमा खासै ध्यान दिन नसकेको यसबाट पनि प्रष्ट हुन्छ । कालिमाटीका थोक व्यापारीले बजारभित्रकै खुद्रा व्यापारीलाई बिहानै तरकारीको भाउ निर्धारण गरी बिक्री गर्छन् । ठेलागाढा र किराना पसलले पनि थोक व्यापारीबाटै थोक मूल्यमा तरकारी लगेर उपभोक्तालाई तरकारी बेच्छन् ।

vegetable_nepalयसरी कालिमाटीसम्म धाएर तरकारी किनेका स्थानीय व्यापारीले ढुवानी लागत लगायत जोडेर उपभोक्तालाई झन् महागोमा तरकारी बिक्री गर्दै आएका छन् ।  अन्य बजारमा विक्री हुने तरकारीको भाउ झनै छोइसक्नु छैन । तर सरकार उपभोक्ताले व्यहोरेको आर्थिक भार रोक्न बेखबर जस्तै बनेको छ । यस्तो नियती कहिलेसम्म ?

 

तपाईको प्रतिक्रिया