शासकीय संरचना भत्काइए मुलुक दुर्घटनामा : पौडेल

काठमाडौं–साउन १ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको वर्तमान शासकीय संरचना भत्काइए मुलुक ठूलो दुर्घटनामा पर्ने चेतावनी दिनुभएको छ ।

Ramchandraकाठमाडौं शनिबार भएको कार्यक्रममा नेता पौडेलले मुलुकको वर्तमान शासकीय संरचना भत्किए मुलुक ठूलो दुर्घटनामा फस्ने चेतावनी दिनुभएको हो । दलहरूबीच सत्ताका लागि नभई व्यवस्थाका लागि एकता हुनुपर्नेमा उहाँको जोड थियो । सत्ता वा बाहिर जहाँ भएपनि दलहरूले संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने भन्दै संविधान कार्यान्वयन कांग्रेसको पहिलो प्राथमिकता हुने बताउनुभयो ।

प्रजातान्त्रिक प्रणालीमा सरकार परिवर्तन हुनु सामान्य भएको भन्दै उहाँले अनावश्यक विमति भन्दा संविधान कार्यान्वयनमा सहयोग गर्न नेकपा एमालेलाई आग्रह गर्नुभएको थियो ।

Published On:  294पटक हेरिएको

तपाईको प्रतिक्रिया