म्याग्दीमा फलफुल खेती गर्ने बढे

म्याग्दी–असार ३१ । म्याग्दीका किसानले अन्नवालीको विकल्पमा फलफुल खेती गर्न थालेका छन् ।

धान, मकै, कोदो, गहुा लगायत अन्नबाली खेती गर्दा लागत बढी पर्ने तर उत्पादन बढ्न नसक्ने, नगद आम्दानीको न्युन सम्भावना एवं उपजले बजार नपाउने तथा मजदुर अभाव हुन थालेपछि किसानले अन्नबालीको विकल्पमा फलफुल खेती गरेका हुन् । म्याग्दीको बेनी नगरपालीका अन्तरगत सिंगा, बरंजा, भकिम्ली, अर्मन, हिस्तान, दाना, बिम, ताकम, देविस्थान लगायत गाविसका किसानहरुले पछिल्लो समय अन्नबालीको विकल्पमा सुन्तला खेती बिस्तार गरेका छन् ।

अनुकुल भौगोलिक वनावट र वातावरण, उच्च बजार सम्भावना, कम लगानीमा छिटो नगद आम्दानी गर्न सकिने भएकाले कृषकहरुले अन्नबाली लगाउने खेतबारीमा धमाधम सुन्तला लगाउने क्रम बढेको छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दीका अनुसार आर्थिक वर्ष २०७१/७२ सम्ममा ६०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकोमा यस वर्ष थप १२५ हेक्टर जमिनमा ३७ हजार ५०० सुन्तलाका बिरुवा रोपीएका छन् ।

कृषकको सुविधाका लागि घार र दोसल्लेमा सुन्तला भण्डारण भवन निर्माण गरिएको कृषि कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया