रौतहट–असार ३१ । रौतहटका सामुदायीक बनमा तस्करहरुले जथाभावी सालका रुख काटेपछि जिल्ला बन कार्यालयले छानबीन समिति गठन गरेको छ ।
बन कार्यलयले सहायक बन अधिकृत अरुण कर्णको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । एक सातामा एकै क्षेत्रमा २० वटा भन्दा बढि सालका हरिया रुख काटिएपछि जिल्ला बन कार्यालयले क्षतीको विबरण संकलन समेत गरेको छ । पुर्बपश्चिम राजमार्गको भोर्लेन्टारबाट पश्चिम क्षेत्रको जङ्गल र धन्सार क्षेत्रमा तस्करले जथाभावी सालका रुख काटेका थिए । यता, ईलाका बन कार्यालय धन्सारका सहायक बनअधिकृत शुभनाारायण यादबले श्रोत साधन अभावमा बनमा गस्ती गर्न नसकिएको बताएका छन् ।
रौतहटको ईलाका बन कार्यालय धन्सारको बनक्षेत्रमा ठुलोपरिणाममा सालका रुख काटिएपछि प्रमुख जिल्ला अधिकारी नरहरी बरालसहितको टोलीले अनुगमन गरेको छ ।