‘आइएम विथ केपी ओली’–राष्ट्रवादले बटुलेको समर्थन

काठमाडौं–असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अबिश्वास प्रस्ताव दर्ता भएपछि स्वतन्त्र युवा अभियानको नाममा ‘आइएम विथ केपी ओली’ अभियान सुरु भएको छ ।

vlcsnap-2016-07-15-21h57m27s467शुुक्रबार काठमाडौंको माइतिघर मण्डलामा नाराजुलुस सहित र्‍याली निकालेर युवाहरुले प्रधानमन्त्री ओलीको पक्षमा आवाज उठाएका हुँन । उनीहरुले संविधानको सामान्य मतभेदका कारण नाकाबन्दी लगाएर भारतले हस्तक्षेप गर्न खोज्दा समेत ओली सरकार नझुकेको भन्दै राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प तत्काल खोज्न नहुने आवाज उठाएका छन् ।

ओली सरकार बाह्य हस्तक्षेपका बिरुद्ध लागेको, राष्ट्र र राष्ट्रियताको बिरुद्धमा कसैसँग सम्झौता गर्न तयार नदेखिएका कारण उनको बिकल्प खोजी गरिएको आरोप अभियन्ताहरुको छ ।

तपाईको प्रतिक्रिया