माओवादी सरकारबाट बाहिरिनुमा छिमेकीको हात छैन : प्रचण्ड

काठमाडौं–असार ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिनुमा छिमेकी देशको भूमिका नरहेको स्पष्ट पार्नुभएको छ ।

prachandaभावी प्रधानमन्त्रीका रुपमा हेरिएका दाहालले लाजिम्पाटस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै देशको परिवर्तित राजनीतिक घटनाक्रममा भारत र चीनको कुनै भूमिका नरहेको दाबी गर्नुभएको हो । माओवादीलाई वर्तमान सरकारबाट बाहिर निकाल्न प्रधानमन्त्री ओली आफैले भुमिका खेलेको जिकिर गर्नुभएका दाहालले आफ्नो नेतृत्वमा सरकार बन्दा चीन खुशी हुने बताउनुभएको थियो । आन्तरिक राजनीतिक द्वन्द्व र छिमेकी राष्ट्रबीचको सम्बन्ध सुधार गर्दै देशलाई आर्थिक रुपमा सबल बनाउन सरकार परिवर्तन आवश्यक भएको दाहालको टिप्पणी थियो । उहाँले सत्ताको प्रमुख घटक माओवादी केन्द्रसँगको परामर्श बिनै राष्ट्रपतिको भारत भ्रमण रद्ध गरिएको, भारतका लागि नेपाली राजदूत फिर्ता बोलाइएको, अन्य महत्वपूर्ण निर्णयमा समेत प्रधानमन्त्री ओली आत्मकेन्द्रित बनेको आरोप लगाउनुभयो ।

आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउनु आगामी सरकारको पहिलो प्राथमिकता हुने भन्दै दाहालले संविधानको कार्यान्वय, पुननिर्माणलाई नयाँ गति दिन र जनताको आर्थिक समृद्धिको चाहना पुरा गर्न आफु अग्रशर हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया