अविश्वासको प्रस्ताव पासपछि बजेट छलफल : माओवादी केन्द्र

काठमाडौं–असार ३१ । नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव पास नभएसम्म बजेटसँग सम्बन्धित विधेयकहरु अघि बढ्न नदिने अडान लिएको छ ।

Maoist Chairman Prachanda’s New Residency at Lazimpat after changing his location from Nayabazar,Kthmandu. Photo:Manish Bista Nagarik/ Republica.

अध्यक्ष पुष्पकमल दाहाल  निवास लाजिम्पाटमा बसेको हेड्क्वाटर बैठकले बजेटसंग जोडिएका विधेयक तथा ऐन नयाँ सरकार गठन भएपछि मात्रै अगाडि बढाउने निष्कर्ष निकालेको हो । प्रधानमन्त्री केपी ओलीको सरकार अल्पमतमा परिसकेको र अविश्वासको प्रस्ताव पनि संसदमा पेश भइसकेको सन्दर्भमा अविश्वासको प्रस्ताव पास नभएसम्म कुनै पनि विधेयक पारित गर्न नदिने निर्णय बैठकले गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया