अल्पमतमा सरकार मन्त्रिपरिषद् निर्णय उस्तै

काठमाडौं–असार ३१ । सरकारले जिल्ला प्रशासन कार्यालय बाँकेबाट झुठो विवरण बनाएर नेपाली नागरिकता लिएका ४ जना भारतीय नागरिकको नागरिकता रद्द गरेको छ ।

baluatarप्रधानमन्त्री निवाश बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले झुठो विवरण लिई नेपाली नागरिकता लिने चार जना भारतीय र नागरिकता बनाउने कार्यमा संलग्न कर्मचारीलाई कारवाहि गर्ने निर्णय गरेको हो । सरकारले आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने समेत निर्णय गरेको छ । प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न रकम खर्च गरिने उल्लेख छ ।

यस्तै, लगानी बोर्डको सदस्यमा भवानी राणा र राजेशकाजी श्रेष्ठ नियुक्त गरेको सरकारले ऋण असुली न्यायाधीकरण सदस्यमा मानबहादुर अर्याललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदरले नेपाल स्वास्थ्य सेवा चिकित्सा ऐनलाई छलफलका लागि संसदमा पेस गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्र सरकारबाट बाहिरिए लगत्तै उत्पन्न परिस्थितिको संविधान बमोजिम सामना गर्ने निर्णय समेत गरेको छ ।

Published On:  391पटक हेरिएको

तपाईको प्रतिक्रिया