एजेन्सी–असार । फ्रान्समा एक जना बन्दुकधारीले तीव्र गतिमा अन्धाधुन्दा ट्रक चलाउदा ८० जनाले ज्यान गुमाउनुपरेको छ । निसको फ्रेन्च रिभिरा सहर नजिकै वेस्टाइल डे मनाइरहेको ठाउँमा ट्रक कुदाउँदा ८० जना मारिनुका साथै १ सय भन्दा बढी घाइते भएको बताइएको छ ।
घाइतेमध्ये १८ जनाको अवस्था गम्भीर रहेको फान्सस्थित गृह श्रोतको दाबी छ । बास्टिल दिवसको उपलक्ष्यमा आतिसबाजी भइरहेका बेला यो घटना भएको अन्तर्राष्ट्रियसञ्चारमाध्यमले जनाएका छन् । बास्टिल डे लाई फ्रान्समा राष्ट्रिय दिवसका रुपमा मनाउने गरिएको छ । ट्रकलाई रोक्न प्रहरीले गोली चलाएको र चालकको ज्यान गएको जनाइको छ । उक्त ट्रकबाट बन्दुक र ग्रिनेट बरामद गरिएको हुँदा घटना सुनियोजित भएको भन्दै आतंकवादी हमलाको आशंका गरिएको छ ।
गएको वर्ष राजधानी पेरिसमा विद्रोही संगठन आइएसले आक्रमण गर्दा फ्रान्समा आपत्तकालिन अवस्था लागू गरिएको छ । जुन अहिलेसम्म जारी छ । फ्रन्सका राष्ट्रपति फस्वाँ ओलन्दले इस्लामिक आतंकबादीको निसाना नझै नटरेको जिकिर गर्दै आपत्तकालिन अवस्था जारी रहने बताउनुभएको छ ।