जनजाति चलचित्र प्रोत्साहन तथा सम्मान निर्देशक प्रधानलाई

काठमाडौं– अशाढ ३१ । दोश्रो आदिवासी जनजाति चलचित्र प्रोत्साहन तथा सम्मान कार्यक्रम २०७३ सम्पन्न भएको छ ।

jyoti 1आदिवासी जनजाति मात्रृभाषा चलचित्र प्रबर्द्धन समितिले गत बर्षदेखि सुरु गरेको चलचित्र प्रोत्साहन तथा सम्मान कार्यक्रमको अवशर पारेर यो वर्ष मोफोसलमा बसेर आदिबासी जनजाती चलचित्रमा लामो समय देखि सकृय योगदान पुर्याउनु भएका तथा सबैभन्दा बढी भाषामा जनजाती चलचित्र, बृतचित्रको निर्देशन गर्नुहुने सुनसरीस्थित इनरुवाका अरुण प्रधानलाई दिइएको छ । प्रधानले अहिले सम्म लिम्बू, राई, मगर , रजबन्शी , थारु, याक्खा भाषाको चलचित्र तथा बृतचित्र निर्देशन गरिसक्नुभएको छ ।

jyotiआदिवासी जनजाती चलचित्र प्रतिभा सम्मान अरुण प्रधान लाई प्रदान गर्दै बिकास बोर्डका अध्यक्ष राजकुमार राईले मोफसलमा बसेर जनजाती चलचित्रमा लामो संघर्ष गर्दै आएका ब्यक्तिले सम्मान पाउनु राम्रो सुरुवात भएको भन्दै प्रधानले चलचित्र क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो । उक्त अवसरमा २०७२ सालमा निर्माण  भएर चलचित्र बिकास बोर्डमा दर्ता भएका उत्कृष्ट आदिबासी चलचित्रहरुलाई सम्बन्धित जातिय सन्स्थाको सिफारिस अनुसार सम्मान गरिएको थियो। कार्यक्रममा नेवरीतर्फ कृशा गौतमि, गुरुङतर्फ कर्म क्या ,  किराँत राई समुदायतर्फ यारी , चलचित्रलाई प्रतिभा सम्मान  प्रदान गरिएको थियो । अरुण प्रधानको निर्देशन रहेको यक्खा भाषाको पहिलो चलचित्र  ओम्ला ,  राजबन्शी समुदायको दखल र प्रबर्द्धन समिती सम्मान चलचित्र पातेले प्रप्त गरे ।

प्रबद्र्धन समितिका सहसंयोजक ज्योतिराज राईको सभापतित्वमा आयोजित कार्यक्रममा विशेष अतिथीका रुपमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार र कलाकार संघका अध्यक्ष रमकेसर बोगटी  तथा निर्देशक जनक दिप पराजुलीले मन्तब्य दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया