काठमार्डौ–असार । पिसेको हरियो धनियाको दुुई चम्चा रसमा दुई चम्चा मिश्रि र आधा कचौरा पानी मिसाउनुहोस । यो रसलाई हरेक दिन बिहान र बेलुका पिउँदा कमजोरी र चक्कर आउने समस्या निको हुन्छ ।
हरियो धनियाको पातलाई राम्रोसँग पिसेर छानेको पानीलाई आधा गिलास पानीमा मिसाएर पिउँदा पाचन प्रणालीलाई सुधार गर्छ । आधा गिलास तातो पानीमा दुई चम्चा धनियाको धुलो मिसाएर खाँदा पेट दुखेको निको गर्छ । धनिया पिसेर यसको लेप मुसा आएको ठाँउमा लगाइदिँदा शरिरको मुसा हराउँछ । नियमित रुपमा धनियाको रस कपालमा लगाउँदा कपाल झर्ने समस्या कम हुन्छ ।
हरियो धनियामा भिटामिन ‘ए’को मात्र प्रर्याप्त हुन्छ । नियमित रुपमा खानामा धनियाको प्रयोग गर्दा आँखाको रोशनी बढ्छ । एक चम्चा धनियाको रस बेसारमा दलेर लगाउदा अनुहारको छालामा चमक ल्याउछ । छालामा निखारता ल्याउछ । अनावश्यक पिम्पल्स हटाउँछ । हरियो धनिया र मिश्रीको बराबर परिमाणलाई सँगसँगै पिसेर यसको रसलाई बिहान र बेलुका दुई दुई चम्चा पिउने ।
निद्रा नआउने समस्या समाधान गर्छ ।पिनेको हरियो धनियाको पात र मिश्रीको नियमित सेबन गर्दा दम लगायतका श्वास प्रश्वाससम्बन्धि रोग निको हुन्छ । साभार : स्वास्थ्य खबर