१८ जना फुटबलरलाई गीताञ्जलीको छात्रबृति

काठमाडौं–असार २९ । काठमाडौंस्थित नयाँबजारमा रहेको गीताञ्जली कलेजले १८ जना फुटबलरलाई छात्रबृति दिने घोषणा गरेको छ ।

Geetanjali_kheladi_sammanकलेजका अनुसार पूर्ण छात्रबृति पाउनेमा फुटबल राष्ट्रिय टिमका ६ सहित १६ बर्ष मुनि उमेर समूहका राष्ट्रिय टिमका १२ जना फुटबलर परेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीलाई सम्मान गर्न आयोजित कार्यक्रमबाट छात्रबृति घोषणा गरेको कलेजले राष्ट्रिय टोलीका युवा खेलाडीहरु अञ्जन विष्ट, एलन न्यौपाने, प्रकाश बुढाथोकी, सरोज दाहाल, विश्वास श्रेष्ठ र मानबहादुर तामाङलाई निशुल्क कक्षा ११ र १२ अध्ययन गर्ने अवशर दिएको छ । कलेजले प्लस टू को अध्ययनका लागि १६ बर्ष मुनिको उमेर समूहबाट अन्य १२ सदस्यलाई छात्रबृति प्रदान गरेको जनाएको छ ।

यहि कार्यक्रमबाट गीताञ्जली कलेजले १२ कक्षामा अध्ययनरत राष्ट्रिय आर्चरी खेलाडी सुनिता मोक्तानलाई पूर्ण छात्रबृति दिएर पढ्ने अवशर दिने घोषणा गरेको थियो ।

Published On:  480पटक हेरिएको

तपाईको प्रतिक्रिया