देशभरको माटोमा अम्लियपन बढ्दो, उत्पादनमा ह्रास

काठमाडौं–असार २९ । रासायनिक मलको प्रगोग बढ्न थालेपछि देशभरको कृषि उपज उत्पादनमा नकारात्मक असर देखिएको छ । मलको प्रगोग बढ्दा माटोमा हुने प्राङ्गारिक पदार्थ रित्तिदै गएपछि उब्जाउ कम हुने समस्या देशभरका किसानले खेप्नुपरेको हो ।

rice paddyउब्जाउमा प्रभाव परेसँगै माटोको परीक्षण गर्नुपर्नेबारे पर्याप्त जानकारी नहुँदा किसानहरू अहिले समस्यामा छन् । मौसम अनुुसारको उत्पादन गर्न कृषकहरुले विभिन्न किसिमका रासायनिक मलको प्रयोग गर्दै आएका छन् । तर, यसरी प्रगोग गर्ने रासायनिक मल माटोको लागि हानिकारक छ भन्ने कुरा कृषकलाई जानकारी नहुँदा उब्जाउन बढ्नुको साटो घट्दो क्रममा छ । बढी उत्पादन लिने नाममा जथाभावी रासायनिक मल प्रयोग गर्नु अत्यन्त हानिकारक हुने विज्ञहरुको भनाइ छ ।

कुनै पनि विरुवाले जिवित माटोबाट १६ मध्ये १३ वटा प्रांगारिक पदार्थहरु लिने गर्दछन् । यहि पदार्थको मद्धतमा माटोबाट आफुलाई आवश्यक खाद्यबस्तु बोटविरुवाले लिने गर्दछन् । पछिल्लो समय माटोमा हुनुपर्ने अनिवार्य प्रागांरिक पदार्थ रित्तिदै गएर अम्लियपन बढ्न थालेको छ । उत्पादनका हिसावले पकेट क्षेत्र मानिएको तराईका झापा, मोरङ, सुनसरी ,सिराहा र सप्तरी लगायतका जिल्लाहरुमा अम्लिय माटो रहेको छ । पुर्वको माटोमा ७० प्रतिशत अम्लियपन रहेका कारण उत्पादन घट्दै गएको निष्कर्ष विज्ञहरुको छ ।

ktm_agricultureमाटोको अम्लियपन हटाउन र प्रागांरिक पदार्थको वृद्धि गर्न कृषि चुर्णको प्रयोग गर्ने र बढि भन्दा बढि  प्रांगारिक मलको प्रयोग गर्नु आवश्यक छ । साथै, विषादीको बढ्दो प्रगोगबाट माटोको आयु घटाई माटोलाई बचाउन कृषकहरुले अनिवार्य रुपमा माटो परिक्षण र उपचार गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया