भानुजयन्ती देशभर मनाईदै

काठमाडौं–असार  २९ । आज २ सय ३ औं भानुजयन्ती । देशभर विभिन्न कार्यक्रम सहित भानुभक्त आचार्यको योगदानको स्मरण गरिदैछ ।

vlcsnap-2016-07-13-15h49m57s499भानुजयन्तीको अवसरमा काठमाडौको रानीपोखरीमा र प्रज्ञाप्रतिष्ठानमा रहेको भानुभक्त आचार्यको शालिकमा माल्यापर्ण गरिएको छ । यस्तै,प्रज्ञाप्रतिष्ठानमा एक विशेष समारोहको आयोजना गरिएको छ । समारोह अघि प्रभातफेरीको आयोजना गरिएको थियो । bhanu diwas

कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाली–नेपालीबीच भावनात्मक एकता र सद्भावको लागि भानुभक्त आचार्यको योगदान ठूलो रहेको भन्दै अनुशरण गर्नुपर्ने धारणा राख्नुभएको थियो । भानुजयन्तीको अवसरमा विभिन्न श्रष्टाहरुले आफ्नो प्रस्तुति मार्फत भानुभक्त आचार्यको स्मरण गरेका थिए । नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनिय रहेको छ । भानुभक्त आचार्यले रामायणलाई नेपालीमा अनुवाद गर्नुभएको थियो ।

राष्ट्रिय विभुति समेत रहेका आदिकवि भानुभक्त आचार्यको जन्म वि.स.१८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । प्रत्येक वर्षको असार २९ गते भानुजयन्ती मनाईदै आएको छ ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया