ओलम्पिकमा सिंह र गुरुङ

काठमाडौं–असार २९ । ब्राजिलको रियो द जेनेरियोमा अयोजाना हुने रियो ओलम्पिकका लागि पौडी खेलबाट शिरिष गुरुङ र गौरिका सिंह छनोट भएका छन् । paudi g n s

पौडीको अन्तर्राष्ट्रिय संस्था फिनाले रसियाको कजान र दुबईमा आयोजना गरेको ओलम्पिक छनोट प्रतियोगितामा सहभागी भई फिना अंकको नजिक रहेको आधारमा गुरुङ र गौरिकालाई रियो ओलम्पिकका लागि छनोट गरिएको नेपाल पौडी संघले जानकारी दिएको छ ।

रियो ओलम्पिकमा गुरुङले सय मिटर फ्रिस्टायलमा र गौरिकाले सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्ने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका हुन् ।

 

Published On:  592पटक हेरिएको

तपाईको प्रतिक्रिया