काठमाडौं–असार २९ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्तरुपमा व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर धानमन्त्रीको राजीनामा मागेको । यस्तै कांग्रेसले पनि सरकार अल्पमतमा परेको भन्दै राजीनामाको माग गरेको थियो । प्रधानमन्त्री ओलीले संसदको सामना गर्छु भनेर ३ बजेको अल्टिमेटम गुजारेपछि सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।
कांग्रेस र माओवादी केन्द्रले सरकार गठन बारे सहमति गरेपछि संसदमा तीन सिट रहेको नेकपा संयुक्तले समर्थन दिने जनाइसकेको छ । वर्तमान सरकारलाई नैतिक संकटमा पार्न २५४ सांसदले हस्ताक्षर गरेको बताइएको छ । माओवादी केन्द्र र कांग्रेसबीच सात बुँदे सहमति भएपछि सरकार फेरबदलको खेल सुरु भएको थियो ।