माओवादी केन्द्रलाई समर्थन गर्छौ : कांग्रेस

काठमाडौं–असार २९ । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।

congressसंसद भवन बानेश्वरमा बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले माओवादीसंग भएको ७ बुँदे सहमतिलाई अनुमोदन गर्दै माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री ओली अल्पमतमा परेको निष्कर्ष निकाल्दै राजिनामा दिन प्रधानमन्त्रीलाई तीन बजेसम्मको अल्टिमेटम दिएको छ ।

प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविस्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेसको निर्णय छ । बैठकमा केन्द्रीय सदस्य विमलेन्द्र निधिले माओवादी केन्द्रसंग भएको ७ बुँदे सहमतिपत्र पढेर सुनाउनुभएको थियो । बैठकमा सभापति शेरवहादुर देउवाले सात बँदे सहमति अनुमोदनका लागि प्रस्ताव गर्नु भएको थियो ।

यसअघि नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन ३ बजेसम्मको अल्टिमेटम दिंदै राजीनामा नदिए अविस्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया