काठमाडौं–असार २८ । एमाले स्थायी समितिको बैठकले माओवादी केन्द्रको समर्थन फिर्ता लिने निर्णयले राजनीति अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा जोखिम निम्त्याउने ठहर गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संविधान कार्यान्वयन, पुनर्निर्माणलगायत मुलुकका सामु रहेका चुनौतीको सामना गर्न अहिलेकै सरकारको निरन्तरता आवश्यक हुने भन्दै आवश्यक बैद्यानिक प्रकृयाको सामना गर्ने निर्णय गरेको छ ।
एमालेले संविधान, राष्ट्रिय हित र एकताका पक्षमा एकभई अगाडि बढ्न सबै प्रगतिशील र देशभक्त शक्तिहरूलाई आह्वान गर्दै आगामी रणनीति बनाउन बुधबार फेरि स्थायी समिति बैठक बस्ने जनाएको छ ।