काठमाडौं–असार २८ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिई कांग्रेससंग मिलेर सरकार गठन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालय सोमबार पत्रकार सम्मेलन गरी माओवादी केन्द्रले सरकारबाट फिर्ता भई केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन गर्ने निर्णय सार्वजनिक गरेको हो । गत वैशाख २३ मा भएको नौं बुदे र तीन बुंदे भद्र सहमति कार्यान्वयनमा ओली सरकार गम्भीर नभएको कारण सरकारबाट फिर्ता हुनुपरेको माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बताउनुभएको छ ।
माओवादी केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठनका लागि कांग्रेसले समर्थनको पत्र पठाइसकेको बताएपनि कांग्रेसले यस बारे मुख खोलेको छैन । सरकारबाट फिर्ता भएपनि नेकपा एमालेले आफूलाई समर्थन गर्ने विश्वास माओवादीको छ ।