चार पानी उद्योगमा शिलबन्दी

काठमाडौं–असार २८ । सरकारी अनुगमन टोलीले काठमाडौंका चार वटा पानी उद्योगमा शिलबन्दी गरेको छ । पानी उत्पादन मापदण्ड तथा गुणस्तरमा ध्यान नदिएको, सरसफाई नभएको लगायतको जनगुनासोपछि अनुगमनमा पुगेको टोलीले सोमबार ति उद्योगहरूमा शिलबन्दी गरेको हो ।

jarअनुगमन टोलीले नाम चलेका चारवटा पानी उद्योग रोयल, अक्वा २४ क्यारेक्ट, अक्वा संसार, सफा र ए वान ब्राण्डका पानी उत्पादन गर्ने उद्योगमा शिलबन्दी गरेको छ । ती कम्पनीहरुले सरसफाइको मापदण्ड पूरा नगरेकाले शिलबन्दी गर्नुपरेको अनुगमन टोलीले जानकारी दिएको छ । पछिल्लो समय नियमित र आक्रामक अनुगमन थालेको सरकारी टोलीले कमजोरी सुधार गर्ने प्रतिबद्धतासँगै आगामी दिनमा कमजोरी भेटिए कडा कारबाही गर्ने चेतावनी उद्योगीहरुलाई दिएको छ । तर बजारमा उपलब्ध भइरहेका यी पानीको रोकमा भने सरकारले तत्परता देखाएको छैन । अनुगमन संयन्त्र कारबाहीमा परेका पानिको प्रयोग गर्ने वा नगर्ने भन्ने बारे उपभोक्ता स्वायम पनि सचेत बन्नुपर्ने बताइरहेका छन् ।

पानी दैनिक जीवनमा अनिवार्य जस्तै हुने एउटा पेय पदार्थ हो । यसको गुणस्तरमा ध्यान नदिदा मानव स्वास्थ्यमा ठूलो संक्रमण देखापर्नसक्छ । यतातर्फ उद्योगी व्यवसायीका साथै सरोकारवाला सबै पक्ष चनाखो बन्नुपर्छ ।

 

 

तपाईको प्रतिक्रिया