७५ वटै जिल्लामा ‘प्रहरी मेरो साथी’ अभियान सुरु

काठमाडौं–असार । नेपाल प्रहरीले सोमबारबाट देशभर लागु हुनेगरि ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको छ ।

Mero sathiजनता र समाजसँगको सम्बन्ध थप प्रभावकारी बनाउन प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको जनाएको छ । सोमबार बिहान ९ बजे ७५ वटै जिल्लामा एक साथ यो अभियानको सुरुवात भएको थियो । अभियानको उद्घाटन गृहमन्त्री शक्तिबहादुर बस्नेतले गर्नुभएको थियो ।

POlice Merosathiनेपाल प्रहरीको रणनीतिक योजना २०७०/७२ अनुसार हाल संचालनमा रहेका नागरिक–मैत्री कार्यक्रमहरूलाई अझै व्यवस्थित, संस्थागत एंव प्रभावकारी बनाउन यो कार्यक्रम सञ्चालन गरिएको अपराध अनुसन्धान विभाग सामुदायिक सुरक्षा महाशाखाले जनाएको छ ।

कार्यक्रमको समग्र सञ्चालन अपराध अनुसन्धान विभाग सामुदायिक सुरक्षा महाशाखाले गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया