अफगानिस्थानमा नेपाली कामदार कति ?

afaganestanअसार २७। आतंकवाद र द्धन्दग्रस्त मुलुक अफगानिस्तानमा पछिल्लो १० वर्षमा ८ हजार ८ सय ८९ नेपालीहरु कामदारको रुपमा गएको पाइएको छ । अवैधानिक बाटो भएर पनि कामका लागि नेपालीहरु जाने गरेकाले यो संख्या अझै बढ्ने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । तालिवानी आतंकवादीहरुको आक्रमण र उच्च सुरक्षा थ्रेट हुंदासमेत नेपालीहरु अफगानिस्तानमा सेक्युरिटी गार्डको रुपमा काम गर्न जाने गरेका छन् ।

तीन वर्षमा अफगानिस्तानमा सेक्युरिटी गार्डको रुपमा काम गर्न एपोलो म्यानपावर सर्भिसेज, फाइभ स्टार इन्टरनेशनल सर्भिसेज, अक्सकम इन्टरनेशनल नेपाल, स्टेभ ओभरसिज र युनिभर्सल कनेक्शन जस्ता म्यान पावरबाट ३ हजार ३ सय २३ नेपाली कामका लागि अफगानिस्तान पुगेका छन । अफगानिस्तानमा पनि २०६२/६३ सालदेखि नेपालीहरु जान थालेको पाइएको छ ।

६२ सालमा ३२ जनामात्रै गएपनि त्यसपछि भने संख्यामा वृद्धि हुंदै ८ हजार नाघेको हो । त्यसो त सरकारले अफगानिस्तानलाई श्रमका लागि सुरक्षित मानेको छैन । अवस्था हेरेर सरकारले अनुमति दिंदै आएको छ । सरकारले द्धन्दग्रस्त मुलुकहरुमा नेपालीहरुलाई वैधानिक रुपमा जान रोक लगाएको छ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार हालसम्म १ सय १० मुुलुकमा नेपालीहरु श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका छन् । २०५१/५१ सालबाट वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीहरुको तथ्याङ राख्न थालेको थालेको श्रम तथा रोजगार मन्त्रालयका अनुसार काम लागि पछिल्लो २३ वर्षमा विदेशिने नेपालीको संख्या ४२ लाख ७५ हजार बढी छ ।

अवैधानिक बाटो भएर विदेशिनेको रेकर्ड सरकारसंग छैन । पछिल्ला दिनमा विदेशिने संख्यामा यसरी बढोत्तरी देखिएपनि फर्किनेको रेकर्ड भने सरकारसंग छैन ।

तपाईको प्रतिक्रिया