कवि आचार्यको विज्ञानसम्मत् हिन्दूधर्म ग्रन्थ बजारमा

काठमाडौं–असार । कवि एवं लेखक शालिग्राम आचार्यद्धारा लिखित विज्ञानसम्मत् हिन्दूधर्म ग्रन्थ आजबाट बजारमा आएको छ ।

book2काठमाडौंमा आइतबार लोकापर्ण भएपछि विक्रिवितरणका लागि बजारमा आएको हो । काठमाडौंमा आइतबार बिशेष समारोहकाबीच राष्ट्रकवी माधवप्रसाद घिमिरेले आचार्यबाट लिखित विज्ञानसम्मत् हिन्दूधर्म ग्रन्थको लोकार्पण गर्नुभएको थियो ।

book3कार्यक्रममा राष्ट्रकवी घिमिरेले धर्म विज्ञानको आधार श्रोत भएको भन्दै यस्ता अध्ययन अनुसन्धान तथा लेख रचनाहरुले परिवर्तित समयलाई सहजिकरण गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । लोकार्पण कार्यक्रममा सहभागी साहित्यकार, पत्रकार लगायतका वक्ताहरुले लेखकको लेखकिय क्षमताको प्रशंसा गर्दै निरन्तर शिर्जनामा लाग्न अनुरोध गरेका थिए ।पोखराको छोरेपाटन स्थायी घर भएका प्रखर कवि समेत रहनुभएका लेखक आचार्यले पाठकका माझ नयाँ पुस्तक ल्याउन पाएकोमा खुसी व्यक्त गर्दै लेखन कलालाई निरन्तरता दिने बताउनुभएको थियो । पुस्तकमा ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद लगायतका हिन्दुग्रन्थले उठान गरेका विज्ञानसंवद तथ्यहरुको परिचर्चा गरिएको छ ।

Published On:  564पटक हेरिएको

तपाईको प्रतिक्रिया