शुसीला कार्कीको नाम प्रधानन्यायाधिशमा अनुमोदित

काठमाडौं–असार २६ । प्रस्तावित प्रधानन्यायाधिश शुसीला कार्कीको नाम संसदीय सुनुवाई विषेश समितिको सर्वसम्मतीले अनुमोदन गरेको छ ।

Susila karkiनयाँ संविधानअनुसार गठित सुनुवाई समितिले कार्कीको नाम अनुमोदन गरेसँगै कायममुकायम प्रधानन्यायाधिशबाट प्रधानन्यायाधिश हुने बाटो खुलेको छ । समितिले यसअघि कार्कीका विषयमा परेका उजुरीका विषयमा उजुरीकर्ताहरुसँग समेत छलफल गरेको थियो । छलफलपछि आइतबार कार्कीलाई प्रधानन्यायाधिश बनाउने न्यायपरिषद्को प्रस्ताव अनुमोदन भएको हो ।

संसदीय सुनुवाई समितिबाट अनुमोदन भएकी कार्की राष्ट्रपतिबाट सपथ लिएपछि प्रधान न्यायाधिशको रुपमा अनुमोदित हुनुहुनेछ । सुनुवाई समितिबाट अनुमोदित भएपछि कामु प्रधानन्यायाधिश कार्कीले अदालतलाई सबैको पहुँचमा पुर्याउने, अझ बढी सेवामुखी बनाउने लगायतको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Published On:  370पटक हेरिएको

तपाईको प्रतिक्रिया