डा.केसी आठौं पटक अनसनमा, शिक्षण अस्पतालमा नारावाजी

काठमाडौं–असार २६ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डाक्टर गोविन्द केसीले आइतबारबाट पुनः अनसन सुरु गर्नुभएको छ ।

Dr.-Govinda-KC npचिकित्सा शिक्षा ऐनको मस्यौदा सुधार तथा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई बर्खास्त गर्न माग गर्दै डा. केसीले आठौं पटक अनसन सुरु गर्नुभएको हो । डाक्टर केसीले आठौंपटक अनसन सुरु गर्दा अनसनको पक्ष र विपक्षमा रहेकाहरुबीच शिक्षण अस्पताल परिसरमा दोहोरो नारावाजी भएको छ । दुबै पक्षले एकअर्का बिरुद्ध नाराबाजी गरेपछि उपचारका लागि अस्पताल पुगेका बिरामी तथा कुरुवाहरुले केही समय ध्वनी प्रदुषणको सामना गर्नुपरेको थियो । डा. रामकुमार अधिकारीको नेतृत्वमा  अस्पताल बचाऔं समूहको ब्यानरमा डा. केसीको विपक्षमा रहेकाहरुले केसीको अनसनको बिरोध गरेका थिए । उनीहरु माग जायज भएपनि अस्पताल परिसरमा अनसन बस्न नहुँने पक्षमा देखिएका छन् ।

सरकारी शिक्षण संस्थाको आर्थिक भार सरकारले व्यहोर्दै सबै सिट निःशुल्क गर्नुपर्ने, सबै प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज खोल्न, काठमाडौं उपत्यकामा आगामी दस वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने तथा मनसाय पत्र पाएकाहरुको समेत नविकरण गर्न नहुने माग केसीले अनसनका क्रममा राख्नुभएको छ । यसअघि डा. केसीले आफ्ना माग सार्बजनिक गर्दै पूरा गर्न सरकारलाई १५ दिनको अल्टिमेटम दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया