जननेता बन्ने अन्तिम अवसरको सदुपयोग गर्छु : प्रचण्ड

काठमाडौं–असार २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको नेता बन्ने अन्तिम अवशर बाँकी रहेको भन्दै इमान्दार भएर देश र जनताको पक्षमा काम गर्ने बताउनुभएको छ ।

mawo budhijebiपार्टी मुख्यालय पेरिसडाँडामा आइतबार बुद्धिजिवि संगठनहरुको संयुक्त राष्ट्रिय एकता भेलाको उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले आफूसामु रहेको अन्तिम अबशर सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले आगामी महाधिबेशन पूर्व सबै जनताको घरदैलोमा पुगेर पीरमर्का तथा सुझाब संकलन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभएको थियो ।

अध्यक्ष दाहालले माओवादी नेता, कार्यकर्तामाझ देश र जनताको पक्षमा काम गर्ने अन्तिम तर चुनैतीपूर्ण अबशर बाँकी रहेको भन्दै सदुपयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले कम्युनिष्ट आन्दोलनलाई समय सापेक्ष परिस्किृत गर्दै नयाँ उचाइ दिनेतर्फ माओवादी केन्द्र अघि बढेको भन्दै विगतका कमिकमजोरी नदोहोरिने गरि विचार निर्माण गर्दै उदार भएर देश र जनताको पक्षमा काम गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

भेलामा सुरेश आलेमगर लगायतका नेताहरुले विगतका गल्ति कमजोरीको समिक्षा गर्दै माओवादी एकतालाई नयाँ उचाइदिनेगरि अभियान चलाउन बुद्धिजिवि संगठनलाई आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया