स्वर्गीय पत्रकार क्षेत्रीको स्मृतिमा फुटसल

काठमाडौं–असार । स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको स्मृतिमा प्रथम राष्ट्रिय अन्तर मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ ।

surya footsalशनिबार गोलपोष्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरले पत्रकार सम्मेलन गरी राष्ट्रिय अन्तर मिडिया फुटसल प्रतियोगिता आगामी साउन १० गतेदेखि सञ्चालन हुने जानकारी गराएको हो । विभिन्न सञ्चार माध्यमको सहभागिता रहने प्रतियोगिताको विजेताले २५ हजार, उपविजेताले १५ हजार तथा तेस्रो हुने टिमले १० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुने एक टिमलाई २ हजार प्रवेश शुल्क लाग्ने छ । प्रतियोगिताका क्रममा संकलित रकम पत्रकार क्षेत्रीका छोराको पढाइका लागि खर्च गरिने बताइएको छ ।

तीन दिन चल्ने प्रतियोगिताका सबै खेल भैसेपाटीस्थित गोलपोष्ट स्पोर्टस एन्ड ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछन् । नेपाल प्रेस युनियनका सचिव पत्रकार क्षेत्रीको दुई महिनाअघि ब्रेन ट्युमरका कारण निधन भएको थियो ।

तपाईको प्रतिक्रिया