महोत्तरी–असार । महोत्तरीको जलेश्वर नगरपालिकाले शनिबारबाट नगर बस सञ्चालनमा ल्याएको छ ।
निजी यातायात व्यवसायीलाई सञ्चालन अनुमति दिएर तीनवटा बस सञ्चालनमा ल्याइएको हो । महादेवपट्टीबाट सुगा, प्रकौलीबाट खैरागाँउ र रतवाराबाट भिट्ठामोडसम्म गरी तीन रूटमा तीनवटा गाडी सञ्चालनमा आएको छ । हरेक रूटमा एउटा–एउटा गाडी सञ्चालन भएपनि यात्रुको चाप हेरेर गाडीको संख्या बढाइने नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिका विस्तार कार्यक्रमअन्तर्गत अनकार, सुगा भवानीपट्टी र प्रकौली–फुल्हटा गाविस गाभिएपछि १८ ओटा वडामा विस्तार भएको जलेश्वर नगरपालिकाको जनसंख्या ४० हजारको हाराहारिमा छ । नगर बस सञ्चालन भएपछि स्थानीय समेत हर्षित भएका छन् ।