कोदारी क्षेत्रमा अझै हटेन बाढी–पहिरोको त्रास

सिन्धुपाल्चोक–असार २५ । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले शनिवार पनि ६ वटा घर बगाएको छ ।

bhotekoshiमंगलबार रातिबाट आएको बाढीको बहाव अहिलेसम्म कम नहुँदा  हालसम्म दर्जनौ घर बगेका छन् । बाढीले कोदारी क्षेत्रका ६ घरका साथै एनसेलको टेलिफोन टावर पनि बगाएको छ ।

चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले घर तथा सडक कटान गर्ने क्रम नरोकिएपछि तातोपानी सीमा क्षेत्रका बासिन्दा अझै त्रासमा छन् । बाढी तथा कटान नरोकिएपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ लागेका छन् ।

तपाईको प्रतिक्रिया