एमाले र माओवादी केन्द्रबीच सरकार बारे गहन संवाद

काठमाडौं–असार २५ । सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बजेट र संविधान कार्यान्वयनबारे छलफल भएको छ ।

Baluwatar-web_419423810बालुवाटारमा भएको बैठकमा बजेट तथा संविधानको कार्यान्वयन, एमाले र माओवादीबीच भएको नौबुँदे सहमति बारे छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सरकारमा रहने वा बाहिरिने निर्णय गर्ने अधिकार माओवादीमा निहित रहेको भन्दै बस्ने वा छोड्ने बारे तत्काल निर्णय लिन आग्रह गर्नुभएको प्रधानमन्त्री निकट श्रोतको दाबी छ ।

बैठकमा प्रधानमन्त्रीले बाहिर हल्ला गर्दै हिंडेर निकास ननिस्किने भन्दै सरकारमा रहने हो भने आवश्यक परामर्श र सहयोग गर्न आग्रह गर्नुभएको पनि बताइएको छ ।

 

तपाईको प्रतिक्रिया