प्रहरी अस्पतालका चिकित्स नै नक्कली प्रमाणपत्रधारी

doctorकाठमाडौं–असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी वरिष्ठ उपरीक्षक डा. महेशमान प्रधानको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अभियुक्त प्रधानले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको आइएस्सी र बिएस्सीको प्रमाणपत्रमा जन्ममिति सच्याई झुटो विवरण राखेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । आयोगका प्रवक्ता कृष्णहरि पुष्करले प्रधानलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको र यस्ता नक्कली प्रमाणपत्रधारीहरु बिरुद्धको अप्रेसन जारी राखिएको बताउनुभएको छ ।

Published On:  514पटक हेरिएको

तपाईको प्रतिक्रिया