काभ्रे–असार । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ माघ ७ सम्म यो सरकार कायम रहने जिकिर गर्नुभएको छ ।
काभ्रेको धुलिखेलमा शुक्रबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको परिणामपछि मात्रै सरकार हट्ने दाबी गर्नुभएको हो । रूपान्तरित संसदको म्याद ७४ माघ ७ गते सम्म रहेकाले चुनाव गराएरमात्रै सरकार परिवर्तन हुने प्रधानमन्त्री ओलीको दाबी थियो । फरक प्रशंगमा प्रधानमन्त्री ओलीले संघीय संरचना मुलुकले धान्न नसक्ने गरी बनाउन नहुने बताउनुभयो । उहाँले संघीय संरचनाहरू गठन गर्दा केन्द्रीय, प्रान्तीय र स्थानीय सरकारको हैसियत बराबर नहुने दाबी गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले संघीयता नेपालका लागि नयाँ अनुभव र अभ्यास भएको भन्दै शान्तिका पक्षधरहरूले संघीयताको समर्थन गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सो कार्यक्रमपछि बनेपास्थित जनआन्दोलनका घाइते मुकेश कायस्थको घर पुगेर उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको थियो