झापामा भेटिए मापदण्ड विपरीत स्वास्थ्य संस्था

झापा–असार । झापाका केही स्वास्थ्य संस्था र अधिकांश औषधी पसल मापदण्डविपरीत सञ्चालन भएको भेटिएको छ ।

vlcsnap-2016-07-08-19h13m27s909झापाको बिर्तामोड, दमक, बुधबारे र अन्य ग्रमीण क्षेत्रका स्वास्थ्य संस्थाको अनुगमन गर्दा मापदण्डविपरीत सञ्चालन रहेको पाइएको हो । औषधी व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले बुधबार र बिहीबार १५ वटा औषधी पसलको अनुगमन गर्दा आठ वटा बन्द गराउनुपर्ने अवस्थाका भेट्टाएको छ । यस्तै, अनुगमनका क्रममा नक्कली चिकित्सक बनि बिरामी जाँच्ने तीन जना पक्राउ परेका छन् । अनुगमन टोलीले विर्तामोडस्थित रविन आयुर्वेद औषधी पसलका सञ्चालक रणदेव हजाम र ल्याब टेक्निसियन रामनारायण मण्डललाई पव्रmाउ गरेको हो ।

यस्तै, विर्तामोडको भद्रपुररोडमा रहेको आयुर्वेदिक उपचार केन्द्रका सञ्चालक अगमलाल राजवंशी पनि अनुगमन टोलीबाट पक्राउ परेका छन् । टोलीले औषधी विभागमा दर्ता नै नगरी चलाइएका पसल बन्द गराएको छ । झापाका स्वास्थ्य क्षेत्रमा बेथिति बढेको गुनासो बढेपछि अनुगमन तीब्र पारिएको थियो ।

तपाईको प्रतिक्रिया